देश

अबको निर्वाचनमा एमालेलाई परास्त गर्न सके पुन वाम एकता हुन्छ: प्रचण्ड


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहालले अबको निर्वाचनमा एमालेलाई परास्त गर्न सके पुनः वाम एकता हुने बताएका छन् । बिहीबार कैलालीमा आयोजित पार्टीको आमसभालाई सम्बोधनको क्रममा राम्रो अवसर आएकोले गुम्न दिन नहुने बताउँदै उनले भने, ‘एमालेलाई परास्त गर्नु पर्छ । त्यसपछि वाम एकता हुन्छ । प्रचण्डको नेतृत्वमा एकता हुन्छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका उनले नेकपा बनाएर राम्रो होला भनेको त राम, सीता, लक्ष्मण बोकेर हिँड्न थालेको बताए । ‘बालकोटवाला मलामी जाँदा पनि नाच्दै रमाइलो गर्दै जानेवाला परे । सबै प्रदेशको सरकार ढल्यो, पार्टी फुट्यो । तर अहंकार छँदैछ,’ उनले भने ‘माओवादी जागेपछि बालुवाटार छाडेर बालकोट जानु पर्‍यो ।