देश

बाबुराम र बादलले ठोकठोक भने मैले पनि ठोकिहालेँ: प्रचण्ड


धनगढी — पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर र रुक्मांगत कटवाललाई प्रधानसेनापतिबाट हटाएर ठूलो गल्ती गरेको बताएका छन् । साथीहरुको लहलहैमा लागेर आफूले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट रोकेको बताउँदै उनले भने, उहाँलाई नरोकेको भए शान्ति प्रक्रिया अझ राम्ररी टुंगिने थियो ।

त्यस्तै तीन महिनापछि अवकाश पाउन लागेका रुक्मांगत कटवाललाई पनि आफ्नै साथीहरुको उक्साहटमा परेर हटाउने निर्णयमा पुगेको उनले बताए । साथीहरुको लहलहमा लागे । ‘त्यसबेला माओवादीले जित पचाउन नसकेर पखाला लाग्यो । मैले पनि साथीहरुको लहलहैमा लागेर थुप्रै गल्ती गरेँ, बिहीबार कैलालीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले भने, ‘बाबुराम र बादलले वरिवरिबाट ठोकठोक भन्ने । मैले पनि ठोकिहालेँ । उल्टै मेरै पद गयो । यो पनि गल्ती थियो ।’

एमसीसीका बेला पनि आफूलाई उक्साएर केहीले ठोकठोक भन्न थालेको दाहालले बताए । तर, पहिलाजस्तो गल्ती एमसीसीका बेला नदोहोर्‍याएको उनको भनाइ थियो । ‘ठोके भने त सबथोक जाने थियो । गिरिजा र रुक्मांगतका बेलाको सम्झे । अनि मैले देशलाई दुर्घटनामा जान दिन्न भनेर कठोर भएँ,’ उनले भने ‘अमेरिकाले पनि व्याख्यात्मक टिप्पणी स्वकीकार गरिसक्यो । अहिले देश शान्त छ ।