Breaking

आफ्नो भाग त्याग गरेर भए पनि गठबन्धन बचाउनुपर्छ: दाहाल


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच गठबन्धन जसरी पनि बचाउनुपर्ने बताएका छन् । बिहीबार कैलालीमा आयोजित पार्टीको कार्यक्रममा उनले आवश्यक परेको ठाउँमा तालमेलका लागि लचक हुन कार्यकर्तालाई निर्देशन दिए । ‘जरुरी पर्छ भने अलिकति लचक भएर पनि, आफ्नो भाग त्याग गरेर भए पनि गठबन्धन बचाउनुपर्छ ।

दाहालले भने चुनावी तालमेल हुन नदिने अनेक षड्यन्त्र भएको र आफूहरुले असफल पारेको दाबी गरे । ‘हिजो बेलुकासम्म पनि गठबन्धन टुटाउन अनेक षड्यन्त्र भए,’ प्रचण्डले भने, ‘महानगर, उपमहानगरसम्म गठबन्धन नहोस् र फेरि प्रतिगमन गर्न पाइयोस् भन्ने षड्यन्त्र गरे । त्यो असफल भएपछि प्रतिक्रियावादीहरु विक्षिप्त भएका छन् ।’तालमेलका लागि आफूले धेरै मेहनत गरेको पनि प्रच्ण्डले बताए । ‘अस्ति राति तीन बजेसम्म बसियो । हिजो पनि दिनभरि बसेर महानगर र उपमहानगरमा सर्वसम्मति गरियो । धेरै ठूलो मेहनत र छलफलपछि महानगर र उपमहानगरमा तालमेल गरिएको छ’ उनले भने ।