देश

राप्रपा जनप्रतिनिधिले काम गरेनन् भने मलाई भन्नुहोस् म कारबाही गर्छु: थापा


काड्ठमाडौँ —राप्रपा जनप्रतिनिधिले काम गरेनन् भने कारबाही गर्ने रेखा थापाले बताएकी छन् । बिहीबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले पार्टीले जनतालाई नेता र भगवान मान्ने बताइन् । उनले सबै नेता कार्यकर्ताले जनतालाई विश्वास र भरोसा दिलाउनु पर्नेमा पनि जोड दिइन् । ‘हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ । राप्रपा जनतालाई नेता र भगवान मान्छ । पार्टीले जनतालाई आश्वासन दिँदैन, भ्रमपूर्ण सपना पनि देखाउँदैन’, थापाले भनिन् ।

उनले बुटवल महानगरपालिकामा पार्टीलाई जिताएको खण्डमा जनताको हितमा काम गर्ने पनि उनले बताइन् । यदि बाचाअनुसार काम नगरे जनकारवाही गराउन आफू लागिपर्ने उनको भनाइ छ । ‘यो नगरमा जो उठ्नुहुन्छ तपाईँहरुले जिताएको खण्डमा र उहाँले गरेका बाचा पुरा गर्नु भएन भने मलाई भन्नुस् म समातेर ल्याएर तपाईँका काखमा राखिदिन्छु’, उनले भनिन्, ‘तपाईँहरूको साथमा रहेर म जनकारवाही गर्छु । एज अ कालारकारको सिवासले पनि र जनताको हैसियतले पनि ।