Breaking

गभर्नरसँग सरकारको सुरूदेखि नै समस्या देखिएको हो : प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार र गभर्नरबीच सुरूदेखि नै समस्या देखिँदै आएको बताएका छन् ।

बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको सहमति रहेको बताए । ‘सुरूदेखि नै सरकार र गभर्नरबीच कहीँ न कहीँ समस्या देखिएकै हो । प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाहमै गभर्नर हटाउने निर्णय भएको खुलस्त भइसकेको छ,’ ।

सरकारले गत चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि काममा फर्किएका छन् ।