Breaking

एमालेको सचिवालय बैठक बस्दै, महानगरका उम्मेदवारबारे छलफल हुने


काठमाडौँ — आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । महानगर र उपमहानगरको उम्मेदवार आजै टुंगो लगाउने एमालेको तयारी छ ।

केन्द्रीय सचिवालय बैठकभन्दा अगाडि एमालेको केन्द्रीय सल्लाहकार परिषदको बैठक पनि बस्दै छ । सल्लाहकार परिषदको बैठक बिहान ११ बजे ए वान पार्टी प्यालेस शंखमुलमा बस्ने रिजालले जानकारी दिए ।