Breaking

राप्रपाको घोषणापत्र: महिला सुत्केरीदेखि गाईभैंसीको सुत्केरी भत्तासम्म


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गरेर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् । सुत्केरी महिला देखि गाईभैंसीको सुत्केरी भत्तासम्म भत्ता दिने घोषणा गरेको हो । यस्तै, भूमिहीन नागरिकलाई एकल तथा सामूहिक आवासको व्यवस्था, सार्वजनिक स्थानमा नि शुल्क वाइफाइ उपलब्ध गराउने उल्लेख छ ।

कृषि तथा वाली बिमाको व्यवस्था गरिने, गाई भैंसीमा सुत्केरीभत्ता, एक घर एक धाराको व्यवस्था गरिने प्रतिबद्धता गरिएको छ । सबै वडामा सडक सञ्जाल विस्तार गरिने पनि घोषणापत्रमा उल्लेख छ । अशक्त, असाहाय बालबालिकालाई हेरचाहका लागि स्याहार केन्द्र स्थापना गर्ने घोषणापत्रमा भनिएकोछ । प्रत्येक जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य जाँचको व्यवस्था गरिने प्रतिबद्धता राप्रपाले गरेको छ।