देश

नेकपा एमालेले हरेक वर्ष वैशाख ७ मा युवा उत्सव मनाउने


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष वैशाख ७ गते युवा उत्सव मनाउने घोषणा गरेका छन् । ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रमा उनले हरेक वर्षको वैशाख ७ गते युवा उत्सव मनाउने र युवासँग अन्तरक्रिया गर्ने बताएका हुन् ।

‘प्रत्येक वर्षको वैशाख ७ गते युवा उत्सवको रुपमा मनाउने छौं‚’ ओलीले भने, ‘युवाहरूको फिलिङ वा आकांक्षाहरूको सन्दर्भमा कुरा सुन्ने छौैं । त्यस विषयमा दृष्टिकोण पनि प्रस्तुत हुने पहिलो प्रयास हो उनले भने ।