काठमाडौँ — दाङमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । घोराही–तुल्सिपुर सडकखण्डको घोराही १६ कपाससीमा बिग्रेको रा १ त ३३७० नं : को ट्याक्टरलाई रा १ त ४६११ नं : ट्याक्टरले तानेर ल्याउने क्रममा पछाडिबाट ठक्कर दिएर पल्टिँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
बुधबार बिहान साढे १० बजे घोराही १० उत्तरअम्रई निवासी अन्दाजी २० २२ वर्षीय सुदन चौधरीको ट्याक्टरले च्यापिएर ज्यान गएको हो । ट्याक्टर बनाउन आएका मिस्त्री समेत रहेका चौधरीले चलाएको ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले रा १ त ४६११ नं को ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाएको छ ।


प्रतिक्रिया