Breaking

एमालेका दुई पक्षबीच झडप, वडाध्यक्षहित ६ जना घाइते


काठमाडौँ — बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२३ मा नेकपा (एमाले) का दुई पक्षबीच झडप भएको छ ।

वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको हो । दुई पक्षबीच भएको झडपमा वडा अध्यक्ष देवानसहित ६ जना घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाटोको विषयमा विवाद हुँदा उनीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । वडा अध्यक्ष देवानको घाँटी, छाती र ढाडमा चोट लागेको छ । एमालेबाट टिक नपाएर माओवादीबाट चुनाव लडेका देवान निर्वाचित भएपछि पुनस् एमालेमा फर्किएका थिए ।

झडपमा परी वडा अध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका छन् । उनीहरूको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ ।