Breaking

१२ सय युवासँग अन्तरक्रिया गर्दै एमाले अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न क्षेत्रका युवाहरूसँग अन्तरक्रिया गर्दैछन् ।

गोदावरीको सनराईज हलमा मध्यान्ह १२ बजे ओलीले पेशागत क्षेत्रका युवाहरूसँग देशको समसामयिक परिस्थिती, समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा अन्तरक्रिया गर्न लागेको उनको सचिवालयले जनाएको छ । अन्तरक्रियामा करिब १२ सय युवाको सहभागिता रहने छ ।

अध्यक्ष ओलीको आयोजनामा हुन लागेको कार्यक्रममा चिकित्सा, इन्जिनियरिङ, अर्थ, कृषि, उद्योगलगायतका क्षेत्रमा संलग्न युवाहरुले आफ्नो धारणा राख्नेछन् ।

त्यसपछि अध्यक्ष ओलीले नेपालको विकास र समृद्धिको अहिलेको अवस्था, आफू सरकारमा छँदा गरेका प्रयासको चर्चा गर्नेछन् । कार्यक्रममा सहभागी युवाहरूसँग केहीबेर प्रश्नोत्तर पनि राखिएको छ । कार्यक्रमम करिब तीन घण्टामा सकिने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।