Breaking

आजदेखि पुनः हाजिर हुँदै गभर्नर अधिकारी


काठमाडौँ — सरकारले गरेको निलम्बन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज (बुधबार) आफ्नो नियमित काममा फर्किंदै छन् ।

अर्थमन्त्री जनार्दन शर्मासँग मत बाझिएपछि गभर्नर अधिकारीलाई देशको अर्थतन्त्र ध्वस्त पारेको तथा कार्यक्षमता अभाव भएको आरोप लगाउँदै सरकारले छानबिन अघि बढाएको थियो ।

गत चैत २५ गते मन्त्रिपरिषद् बैठकले उनीबारे छानबिन गर्न जाँचबुझ समिति गठन गरेर प्रक्रिया अघि बढाएको थियो । तर गभर्नर अधिकारीले आफूलाई अन्याय भएको भन्दै रिट निवेदन दिएपछि सर्वोच्च अदालतमा मंगलबार अन्तरिम आदेश जारी गरी गभर्नर अधिकारीलाई काम गर्न दिन र कारबाही नगर्न भनेको हो ।

योसँगै उनी १२ दिनपछि गभर्नर अधिकारी आज राष्ट्र बैंकका पुनः हाजिर हुँदै छन् । तर अब उनलाई काम गर्न सहज वा असहज कस्तो होला, कौतूहल छ ।