Breaking

प्रहरीका सई ३८ हजार घुससहित पक्राउ


काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङमा कार्यरत एक प्रहरी नायब निरीक्षक ९सई० लाई २८ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई आयोगको पोखराबाट खटिएको टोलीले मंगलबार घुससहित पक्राउ गरेको हो ।

उनले लेनदेनको विवाद मिलाइ दिन्दु भन्दै सेवाग्राहीसँग ३८ हजार घुस मागेको खुलेको छ । घुस लिएको रकमसहित महतोलाई बागलुङस्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । महतोमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।