Breaking

महानगर-उपमहानगर बाँडफाँट, गठबन्धनको बैठक बस्दै


काठमाडौँ — वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलबीच महानगर र उपमहानगर बाँडफाँटमा अझै टुंगो लाग्न सकेको छैन ।

मंगलबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज (बुधबार) बिहान ११ बजे बालुवाटारमै बस्नेछ ।

रातिदेखि आज बुधबार बिहान २ बजेसम्म छलफल गर्दा पनि जनकपुरधाम र नेपालगन्ज उपमहानगरमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच कुरा नमिलेपछि बैठक लम्बिएको हो । यी दुई महानगरमा दुवै पार्टीले दाबी गरेपछि कुरा मिल्न नसकेको हो ।