Breaking

गठबन्धनको रापमा आ–आफ्नै रोटी सेक्न व्यस्त दलहरु, एमालेमा ओत लाग्दै साना दल, राप्रपाको दौडधुप


काठमाडौँ — फरक उद्देश्य बोकेका तर साझा प्लाटफर्म प्रयोग गर्ने रणनितिमा रहेको सत्ताघटक दलहरुबीचको चुनावी तालमेलको विषय पेचिलो बन्दै छ । एउटै घेराभित्र रहे पनि उनीहरु वलियो गठबन्धनको रापमा आ–आफ्नै रोटि सेक्न व्यस्त देखिएका छन । गठबन्धनको यहि विमेलका कारण प्रतिपक्षी एमाले भने आफ्नो कायम स्थान यथावत राख्ने भरमग्दुर प्रयासमा छ । निर्वाचन नजिकिदै गर्दा गठबन्धन भित्र दलहरुको फरक फरक उदेश्य सार्वजनिक भइरहेका छन् । ओलीको भाषामा भन्नुपर्दा वलियो एमालेलाई कमजोर पार्न झुण्डमा गएका उनीहरु कुनै पनि मुद्धामा साझा धारणा बनाउन चुकिरहेका छन । आफ्नो उदेश्य के बनाउने भन्नेमा कांग्रेमा केहि अन्योल देखिएपनि ठुलो हिस्सा भने कम्युनिष्टकै भण्डाफोरमा जाने माग गरिरहेको छ ।

तर आफूलाई प्रधानमन्त्री बनाउनेलाई धोका दिन नमिल्ने भन्दै हदैसम्मको लचकता देखाएका देउवाको यो मायाको तार भने अरु उदेश्यमा पनि जोडिएको छ । विशेषत ः कम्युनिष्ट एक बन्न नदिने रणनितिले काम गरिरहेका उनी भविष्यामा प्रधानमन्त्री बन्ने बाटो समेत निर्माण गरिरहेका छन । संबैधानिक रुपमै एउटै दलको सरकार बन्ने कुरा असम्भव प्राय रहेको अहिलेका अवस्थामा आगामी पाँचबर्ष गठबन्धनको काधमा टेकेर प्रधानमन्त्री हुने देउवाको ईच्छा छ । तर गठबन्धनभित्रै रहेको दल माओवादी केन्द्र अहिले केहि चाउरिएको भएपनि आयतन फैलाउने दाँउमा छ । एकीकृत समाजवादीले पनि आफ्नो उपस्थिती बलियो बनाउने र ओलीलाई आफ्नो फुटको क्षति आभास गराउने उदेश्य राखिरहँदा प्रचण्ड अझै एक वामपन्थी शक्ती र त्यसको नेतृत्वकर्ताको रुपमा आफूलाई उभ्याउने बाटोमै छन । फलत गठबन्धनमा धेरै नटिक्ने उनका गतिविधिले प्रष्ट पारिरहँदा स्थानीय तहको मतपरिणामै गठबन्धनको आगामी भविष्य प्रष्ट हुने देखिन्छ ।

दलगत रुपमा हेर्दा कांग्रेस र एमाले नै मूख्य प्रतिस्पर्धी रहने यो निर्वाचन उनीहरुका लागि भने विरासतको लडाई पनि हो । एक्लै जाँदा हारिने डर भएको भन्दै देउवाले अभिव्यक्ती दिईरहदाँ विगतमा सयको मतान्तरणमा मात्र जितेको नतिजाले एमालेको पनि मुटुमा ढ्याङग्रो बजेको छ । विगतको एक नम्बर स्थान कायम गर्न र माधव नेपाल समुहको फुटको असर कम गर्नेमा एमाले व्यस्त देखिएको छ । सत्ताघटकको अन्तरद्धन्दमा खेल्ने र त्यसलाई आफ्नो फाईदामा रुपन्तरण गर्ने अध्यक्ष ओलीको रणनितिका छ । जसका लागि कांग्रेसकै असन्तुष्ट पक्षसंग हात बढाईरहेका उनले नवप्रवेशी र चर्चित टिकट दिने देखि पार्टी प्रवेश गराउन कार्यलाई तिव्र पारेका छन । देशव्यापी दौडधुमा व्यस्त ओली कसै गरे प्रचण्ड–माधवलाई स्वाद चखाउने रणनितिमा छन भने मनोबैज्ञानिक प्रहार पनि गरिरहेका छन ।

निर्वाचन सार्ने खेलमा सत्ता गठबन्धन लागेको र कमजोर भएकै अवस्थामा पनि आफूहरुले बहुमत ल्याउने उनको दाबी यसैसंग केन्द्रीत देखिएको छ । केहि मधेशी दलहरु ठुला दलहरुको धुव्रीकरणको चपेटामा परेका छन । दुवै पक्षले मदेशलाई आफ्नो आधार क्षेत्र बनाँउदा कताबाट फाईदा लिने भन्ने लेखाजोखामा मदेश केन्द्रीत दलहरु छन । यता आफूलाई बैकल्पिक शक्तीका रुपमा उभ्याउने हर प्रयासमा राप्रपा छ । केहि चल्तीका अनुहार र राजेन्द्र लिंङदेनको ईमेज बेचेर सुदृढ रहेको प्रमाणित गर्ने मुख्य उदेश्य राखेको राप्रपाले कमल थापाको बहिरगमनको असर पनि छोप्ने प्रयास गरिरहेको छ ।