Breaking

चुनावी तालमेलवारे कांग्रेसभित्र दुईधार, देउवाको रणनीति सफल हुनेमा शंका बढ्यो


काठमाडौँ — स्थानीय तहको निर्वाचन र चुनावी तालमेलको एजेन्डा कांग्रेसका लागि निल्नु न ओकल्नु बनेको छ । अर्थात तालमेलका सवालमा कांग्रेस तल्लो तहदेखि केन्द्रसम्म थप विभाजन उन्मूख छ । गठबन्धनको चुनावी तालमेलमा थप आशंका बढेको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार आसन्न स्थानीय तहको निर्वाचन आउन आव मात्र २४ दिन बाँकी छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले जोडतोडका साथ निर्वाचन अभियानमा जनता घरदैलोमा छन । तर प्रतिपक्ष विरुद्ध गठबन्धन गरेका सत्ताघटक दलहरु उम्मेदवारको भागवण्डा र वार्गेनिङमै अल्झिएको छ । सत्ता घटकका शीर्ष नेतृत्व वार्गेनिङ मार्फत दलगत रुपमा कसरी ठुलो हिस्सा हत्याउने प्रतिस्पर्धामा छ भने तल्लो तहमा रहेका नेता कार्यकर्ता जुनसुकै हालतमा नेतृत्व आफ्नो पार्टीले पाउन पर्ने पक्षमा छ । यो मामिलामा प्रमुख सत्ता घटक नेपाली कांग्रेस अग्र भागमा छ ।

स्थानीय तहमा भागवण्डा गर्दा पार्टीले नेतृत्वमा सिफारिस नपाउने भएपछि तल्लो तहमा विद्रोह नै सुरु भएको छ । केही नेताहरु पार्टी परित्याग गर्नेसम्मको स्थितिमा पुगेका छन । विगतदेखि नै गुटगत विभाजनले ग्रस्त कांग्रेसको गुटगत अन्तरद्धन्दको बाझिटा आसन्न निर्वाचनमा पनि देखिएको छ । संस्थापन पक्ष जुनसुकै हालतमा गठबन्धनको पक्षमा छ । तर, सभापतिमा पराजित नेता शेखर कोइराला र उनी पक्ष नेताहरु कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने अडानमा छन् । केहि समय गुटभन्दा माथी देखिएका महामन्त्री गगन थापा अहिले गुटको भाषा बोल्न थालेका छन । गठबन्धनको वैठकमा केहि नबोल्ने उनी सार्वजनिक मञ्चहरुमा भने चुनावी गठबन्धन विरुद्ध खरो देखिन्छ । कांग्रेसको केन्द्रिय समितिको वैठकले गठबन्धन गर्ने निर्णय गरिसकेकाले यो विषय कार्यन्वयन हुने केन्द्रिय नेताहरुको तर्क छ । गठबन्धनको विरोध वा भड्किलो मन्तव्य चुनावी स्टन्ट मात्र भएको कतिपयको तर्क छ ।

चुनावी तालमेल गर्ने नगर्नेबीचको मतभेदले स्थानीय निर्वाचनको मुखमा कांग्रेस दुईधारमा विभाजित छ । नेतृत्व टुङगाउने जिम्मा पाएको जिल्ला नेताहरु कांग्रेसले सबैको विचारलाई सम्बोधन गरेर गठबन्धन सहित नै निर्वाचनमा जाने दावी गर्छन । सबुजकृष्ण बानियाँ, जिल्ला सभापति, काठमाडौं आन्तरिक किचलोकै कारण प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाले जन्मिएको पाँच दलीय गठबन्धन आसन्न स्थानीय तह निर्वाचनसम्म ंटिक्नेमा शंका बढेको छ । त्यसमा पनि कांग्रेसका लागि निर्वाचनमा सहकार्य फलामको चिउरा चपाएर सरह बनेको छ । कुनै न कुनै दलसँग मिलेर आफु सबैभन्दा ठुलो दल बन्ने र तीनै तहमा आफ्नो प्रभाव बढनउजे बनाउने दाउमा रहेका देउवालाई स्थानीय तह निर्वाचनले नै धक्का दिने त होइन भन्ने परिस्थितिजन्य आशंका यतिवेला उब्जिएको छ ।