Breaking

गठबन्धनमा लेनदेन हुन्छ, सबै तपाईंलाई दिन बनेको होइन: प्रधानमन्त्री देउवा


काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसलाई मात्र सबै दिन गठबन्धन नबनेको बताएका छन् । नेविसंघको स्थापना दिवस कार्यक्रममा उनले गठबन्धन बन्दा लिन–दिन हुने बताए । उनले भने, ‘गठबन्धन बन्दा लेन–देन कुरा हुन्छ । गठबन्धन सबै तपाईलाई दिन बनेको होइन नि । उनीहरुले पनि केही पाउनलाई गठबन्धन गरेको हो ।’

काँग्रेसलाई ठूलो पार्टी हुने गरी गठबन्धन गर्न लागि भएको उनको भनाइ छ । ‘काँग्रेस ठूलो पार्टी छ । ठूलै पार्टी होस् । हामी सानो पार्टी हुन पाउ भनेका छन्,’ देउवाले भने, ‘त्यो त उनीहरुको अधिकार नै हो नि रु त्यति पनि नपाएर हुन्छ त्यो ।’ गठबन्धन तोड्नु हुँदैन भनेर सबै ठाउँमा भन्नुपर्छ देउवाको भनाइ छ ।