देश

गाउँपालिकाको अध्यक्षमा पत्रकार कृष्णराज गिरी सिफारिस


काठमाडौँ — कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्षमा पत्रकारसहित पाँच जनाको नाम सिफारिस भएको छ । स्थानीय तह निर्वाचनका लागि माओवादीले लामो समयदेखि पत्रकारिता गर्दै आएमा सक्रिय पत्रकार कृष्णराज गिरीको नाम सिफारिस गरेको हो । माओवादीको बेलडाँडी गाउँ कमिटीले पत्रकार गिरीसहित ईश्वरी दत्त भट्ट, कल्पना गिरी, नन्द किशोर एसके र कैलाशचन्द्र गिरीको नाम सिफारिस गरेको बेलडाँडीका अध्यक्ष डम्बर शाहले जानकारी दिए ।

उपप्रमुखमा भने नैनादेवी गिरी, सुरेन्द्रराज कोइरालाको नाम सिफारिस गरिएको छ । शिक्षा क्षेत्र, सामाजिक–राजनीतिक क्षेत्रमा लामो समय काम गरेका भट्टदेखि विद्यार्थी नेता, तथा सञ्चारकर्मीलाई अध्यक्षको लागि सिफारिस गरिएको माओवादीले जनाएको छ ।