देश

भरतपुर पाइसक्यौं: अध्यक्ष प्रचण्ड


काठमाडौँ पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका माओवादीको भागमा परिसकेको बताएका छन् । आफ्नो निवास खुमलटारमा मंगलबार बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा प्रचण्डले ६ महानगरपालिकामध्ये भरतपुर महानगरपालिका माओवादीले पाउने पक्का भएको बताएका थिए । उनले पोखरा महानगरपालिकाका कारण गठबन्धनमा औपचारिक सहमति हुन नसकेको बताए ।

पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादी लाई दिने सहमति भए पनि तलबाट समस्या भएकाले मिलाउन बाँकी रहेको प्रचण्डको भनाइ थियो । उपमहानगरपालिकामा भने एकीकृत समाजवादीले धेरै दाबी गरेका कारण अन्यौलता भएकोसमेत उनले बताएका थिए । उनले माओवादीले जितपुर सिमरा र दाङका दुईमध्ये १ उपमहानगरपालिका पाउने बताए ।