देश

गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्: पौडेल


काठमाडौँ — नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र व्यवस्था बचाउन वर्तमान सत्ता गठबन्धन बनेको भन्दै गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली थरथरी कापेको बताएका छन् । मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता पौडेलले अहिले नेपालको राजनीति असजिलो मोडबाट गुज्रिरहेको बताएका हुन् । उनले लोकतन्त्रको लडाई बाँकी नै रहेकाले सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरुविरुद्ध सतर्क हुनुपर्ने पनि बताए ।

‘गठबन्धन सत्ताका लागि होइन व्यवस्थाका लागि हो । शेरबहादुरलाई प्रम बनाउन होइन नेपालको परिवर्तन र अग्रगामी बाटोमा रुपान्तरण गर्न हो’, पौडेलले भने, ‘यो शक्ति देखेर केपी ओली थरथरी कापेका छन्, हतास अभिव्यक्ति दिन पुगेका छन् ।’ उनले गठबन्धनको शक्तिबाट अत्तालिएर केपी ओली भ्रष्ट, प्रतिगामी र अवसरवादीको शरणमा पुगेको पनि पौडेलले बताए ।