काठमाडौँ — लोकतन्त्रिक समाजवादी पार्टी लोसपा का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ । आफ्नो फेसबुक ह्याक गरेर कसैले अनावश्यक कुरा लेखिदिएको महतोले जानकारी दिए । मेरो टिमले फेसबुक चलाउँछ, कसरी ह्याक भएछ । कसले के लेखिदिएछ,’ उनले भने, ‘यसबारे म बुझ्दैछु ।
आवश्यक परे कानूनी प्रक्रियामा पनि जानुपर्ने हुन्छ । फेसबुक ह्याक गरेर सुनियोजित रुपमा कसैले अनावश्यक कुरा लेखेकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको उनले बताए ।


प्रतिक्रिया