काठमाडौँ — बिहेको मुख्य सिजनमा बजारमा सुनचाँदीको अभाव चुलिएको छ । विदेशी विनिमयदरको भण्डारण रित्तिन थालेपछि नेपाल राष्ट्र बैंकले सुनचाँदीको आयात गर्न चाहिने बैंक ग्यारेन्टी ९एलसी० नखोल्न निर्देशन दिएपछि सुन अभाव भएको हो । केन्द्रीय बैंकले गत चैत २१ गते सुनको आयातका लागि एलसी नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको थियो ।
बैंकले बढ्दो आयातसँगै विदेशी मुद्राको सञ्चिति रित्तिँदै गएपछि डलर बाहिरिनबाट रोक्न भन्दै यस्तो व्यवस्था गरेको थियो । राष्ट्र बैंकले बैंकहरूलाई एलसी नखोल्न निर्देशन दिनुअघि दैनिक १० किलो सुन आयात हुन्थ्यो । त्यो सुन वाणिज्य बैंकहरूले आलोपालो आयात गरेर व्यवसायीहरूलाई वितरण गर्दै आइरहेका थिए । केन्द्रीय बैंकले ग्यारेन्टी नराख्न भनेपछि हाल सुन आयात शून्य छ ।


प्रतिक्रिया