देश

हामी अपमान सहन जन्मेका होइनौ: नेपाल


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनका नाममा आफ्नो पार्टीले अपमान नसहने बताएका छन् । मंगलबार काठमाडौमा भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पाँच दलभित्र तालमेल गरेर चुनावमा जाने सहमति भएको र सोही अनुसार उम्मेदवार तय गर्ने काम भइरहेको बताए ।

अध्यक्ष नेपालले पाँच दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति भएकाले जहाँ जहाँ हुन्छ त्याहाँ तालमेल गरेर अघि बढ्ने र तालमेल हुन नसकेका स्थानमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने बताए । ‘पाँच दलभित्रै सहमति गरेर जाने सैद्धान्तिक सहमति भएको छ र त्यही अनुसारको गृहकार्य पनि भइरहेको छ’, अध्यक्ष नेपालले भने, ‘सहमति नभए मित्रतापूर्ण प्रतिस्पर्धामा जाने भनेर टुंगो लगाएका छौ ।