देश

धनकुटाका ४ पालिकामा नेपाली कांग्रेसको दाबी


काठमाडौँ — वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले धनकुटामा ४ पालिकाको प्रमुखमा दाबी रहेको जिल्ला सभापति दिनेश राईले जानकारी दिए । ‘दलहरुमा दिनहुँ छलफल भइरहेको छ । कसले कति पाउने निर्णय भइसकेको छैन ।’ राईले भने, ‘तालमेलका लागि नीतिगत कुरा मिलेको छ । प्राविधिक कुरा बाँकी छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबाट १र१ पालिका भागवण्डा हुने राईले बताए । उनका अनुसार जिल्ला समन्वय समितिमा पनि भागवण्डामा टुंगिने छ ।

धनकुटा र पाख्रिबास नगरपालिका तथा छथर जोरपाटी गाउँपालिका कांग्रेसको भागमा राख्न अन्य दल सहमत भइसकेका छन् । कांग्रेसले प्राप्त गर्ने थप एक पालिकामा टुंगो लाग्न नसकेको राईले जानकारी दिए । गत निर्वाचनमा सात वटै पालिकामा एमालेका उम्मेदवार विजयी भएका थिए । धनकुटा, पाख्रिवास र महालक्ष्मी नगरपालिकाको मेयरमा एमाले विजयी हुँदा कांग्रेसले दोस्रो स्थानको मत पाएको थियो । यस्तै सहिदभूमि, साँगुरीगढी र चौविसे गाउँपालिकामा गत निर्वाचनका कांग्रेसका उम्मेदवार दोस्रो स्थानमा थिए । छथर जोरपाटी गाउँपालिमा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार एमालेसँग पराजित भएका थिए ।