Breaking

यसकारण उमेदवारी मनोनयनका लागि दुई दिन समय


काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूको आग्रहमा नै आसन्न स्थानीय तह निर्वाचनमा उमेदवारी मनोनयनका लागि दुई दिन समय दिइएको बताएका छन् ।

मंगलबार मिडियासँगको अन्तरक्रिया कार्यक्रममा एकैदिन उमेदवारी दर्ता गर्न असहज भएकाले दुई दिनको समय दिइएको उनले बताए ।

“जस्तो काठमाडौँमा ५०० उमेदवार हुन्छन्, दर्ता गर्ने एउटा कार्यालय । चार–पाँच डेस्क राख्दा पनि सकेनौँ । विभिन्न ठाउँमा दलहरूबाट मनोनयनका लागि दुई दिन दिनोस्, बरु प्रचारको समय घटाउनोस् भन्ने आग्रह गर्नुभयो । प्रचारप्रसारमा १५ दिन दिने गरिएको थियो । त्यसलाई घटाए ११ दिनमा दिने निर्णय गर्‍यौँ,” उनले भने ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार यही वैशाख ११ र १२ गते उमेदवारको मनोनयनपत्र दर्ता हुनेछ । मनोनयन दर्ताका लागि दुई दिन समय तोकिएको भन्दै नेकपा ९एमाले०ले आपत्ति जनाउँदै आएको छ ।