Breaking

सरकार चुनाव सार्ने षडयन्त्रमा रहेको एमालेको निष्कर्ष


काठमाडौँ — नेकपा एमालेले सरकारले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको छ ।

गएराति सम्पन्न एमाले सचिवालय बैठकले सरकार चुनाव सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको हो । चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्ने निर्णय बैठकले गरेको छ ।

यस्तै बैठकले १२ वटा विभाग गठन, सल्लाहकार परिषद्मा १०५ जना थप २७८ बनाउने र सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गर्ने निर्णय भएको छ । साथै पार्टीको केन्द्रीय कार्यालय ९ वैशाखदेखि तुलसीलाल स्मृति भवनमा सार्ने निर्णय पनि भएको एक नेताले बताए ।