Breaking

सोलुमा ओली गर्जन: गठवन्धन चुनावमा पत्तासाप हुन्छ, प्रचण्ड–माधव कम्युनिष्ट होइनन्


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।
आज सोलुखुम्बुमा भएको पार्टी प्रवेश कार्यक्रममा ओलीले ५ दलीय गठबन्धनबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको र आफू त्यसैतर्फ लागिरहेको बताउनुभयो । एमालेसँग डराएर सत्तागठबन्धन चुनावबाट भाग्न खोजेको आरोप लगाउँदै उहाँले सबै दलसँग एमाले एक्लै भिड्न तयार रहेकोसमेत बताउनुभयो ।