काठमाडौँ – सरकारले घोषणा गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब डेढ महिना मात्र बाँकी छ । कोरोनाको बहानामा रोकिएको प्रतियोगिता आयोजना हुनु आफैमा राम्रो पक्ष हो । तर हतारमा प्रतियोगिता आयोजना गरिनुले प्रतियोगिता आयोजनामा मात्र सिमिति हुने हो की भन्नेमा कतिपयको संका छ ।
सरकारले घोषणा गरेको नवौँ राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपनि जिल्ला, प्रदेश हुँदै खेलाडी छनोटमा अझै रौनक आउन सकेको छैन । यस्तो अवस्थामा प्रतियोगिता आयोजना हुँदा राष्ट्रिय खेलकुदको लक्ष्य प्राप्त गर्न कठिन हुनेमा कतिपयको आशंका छ ।
यद्दपी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ अदालतको फैसला पछि कार्यभारमा फर्किएसँगै खेलकुद गतिविधि चलायमान हुने निश्चित भएको छ । जसका लागि मिति तोकिएपछि सदस्य सचिव टंकलाल घिसिङ खेलकुदमा होमिन आह्वान नै गरेका छन् ।
प्रतियोगिता जेठ २२ देखी २८ नवौ राष्ट्रिय खेलकुदको मितिमा हुँदै छ । राष्ट्रिय गौरवको प्रतियोगिता आयोजना गर्दा जिल्ला, प्रदेश हुँदै खेलाडी छनोट हुने प्रावधान छ । तर हतारका आयोजना गरिन लागिएको प्रतियोगिातमा खेलाडीको छनोट प्रक्रिया कस्तो हुने अझै नै अन्योल छ ।
आयोजना हुने मिति घोषणा भए पनि समय सिमा भने निकै छोटो भएको खेल सरोकारवाको टिप्पणी छ । यद्यपि पटक पटक धकेलिएको प्रतियोगिता हुने सुखद पक्ष भएको हो । आर्थिक लगानीका हिसावले समेत महत्वकांक्षी रहेको राष्ट्रिय प्रतियोगिता हतारमा गरिँदा बास्तविक खेलाडी ओझेलमा पर्न सक्ने चिन्ता समेत खेल सरोकारवालाहरुको छ ।
गौरबकै रुपमा हेरिने राष्ट्रिय प्रतियोगिता आयोजना गर्न भौतिक पूर्वाधार देखी मौसम पनि निकै महत्वपूर्ण हुन्छ । जेठ अन्तिम सातालाई तोकिएको समय वर्षायामको सुरुआत हुँदा हुनेछ । जुन आयोजनाका लागि आयोजकलाई अर्को चुनौति छ ।
कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको राष्ट्रिय प्रतियोगिता सहभागि हुने खेलाडको व्यग्र प्रतीक्षा समाप्त भएको छ । तर प्रस्तावित मिति राष्ट्रिय खेलकुदका लागि कति उपयुक्त थियो भनेर खेलकुद मन्त्रालय र राखेप वस्तुगत समीक्षामा भने चुकेका छन् ।
प्रतिक्रिया