Breaking

प्रचण्ड विषालु सर्प हुन्, उनको दाँत कसरी झानुपर्छ भन्ने मलाइ थाहा छ– ओली


काठमाडौँ – आगामी निर्वाचनलालई लक्षित गरि सत्ताघटक र प्रतिपक्षी दलहरुबीच आक्रामकरुपमा आरोपप्रत्यारोप चलिरहेको छ । मतदाता लोभ्याउने मनशायका अभिव्यक्तिहरुले दुवै पक्षका नेताहरुले एकले अर्कालाई आक्षेप लगाउन उद्धत गराएको छ ।

बैशाख ३० को निर्वाचनका लागि समय घर्किँदै गइसकेको छ । नेताहरु चुनावी माहोल बनाउन र नेता कार्यकर्ता आफ्नो पक्षमा पार्न हदैसम्मको आरोपहरु लगाउन उद्धत देखिएका छन् ।

विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका सत्ताघटक नेता केपी शर्मा ओलीबीच घम्साघम्सी चलिरहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोलुखुम्बुमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुगपकमल दाहाल विशालु सर्प भएको टिप्पणी गरे । र उनले भने विषालु सर्पको कसरी दाँत झार्न पर्छ त्यो पनि मलाई राम्रोसंग थाहा थियो भनेका छन् ।

गएको निर्वाचनमै अस्तित्व समाप्त भइसकेको माओवादी पार्टीलार्य आफूलो दया गरेर गठवन्धन गरेर यहाँसम्म ल्याइपुर्याएको ओलीको टिप्पणी छ । माधव नेपाल पनि प्रचण्डकै स्थितिमा पुगेको भन्दै यी दुवै नेताहरु चुनावमा अस्तित्व जोगाउन काँग्रेससंग गठवन्धन गरिरहेको आरोप लगाए ।

गठवन्धनसंग एक्लै चुनाव लड्न एमाले आँतुर रहेको भन्दै एमालेसंग गठवन्धनमा रहेका दलहरु तर्सिएर चुनावको मिति सार्न खोजेको ओलीको आरोप छ । कतै बैशाख ३० को चुनाव सर्ने त होइन भन्ने आशंका बढिरहेका बेला ओलीले सत्ता घटकहरु नै अनेकन बाहना बनाएर चुनाव सार्ने रणनीतिमा रहेको आरोप लगाए । विप्लवलाई देखाएर यदी चुनाव सारिए त्यो एमालेलालई शैय नहुने ओलीको टिप्पणी छ ।

तर माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द विप्लवले केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी लगायतलाई भेटेर चुनाव सार्न दवाव दिइरहेको दावी गरे । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले विप्लव मार्फत एमालेले चुनाव सार्न बाहना अघि सारेको आक्षेप लगाएका हुन् ।

सत्ता गठवन्धनका एक शिर्ष नेता समेत रहेका प्रचण्डले बैशाख ३० मै चुनाव हुनेमा ढुक्क रहन आग्रह गरे । कुनै पनि बाहनामा चुनाव नसर्ने हल्लाको पछाडी नलाग्न उनको आग्रह छ । उनले ओलीलाई संघीयता विरोधी शक्ति भएको र चुनावमा समेत त्यस्तै शक्तिहरुसंग साँठगाँठ गरिरहेको प्रचण्डको आरोप छ ।

नेताहरुको एक अर्काप्रतिको द्धेष र आक्रोशरु चुनावी आमसभा र अरु फोरमहरुमा देखिन थालेको छ । वास्तवमा नेताहरुले जनताको हितमा हुने, विकास निर्माण, सुशासन र पारदर्शिताका विषयमा आफ्ना एजेण्डाहरु राख्नु पर्ने हो । त्यसैका आधारमा जनताले उम्मेदवारहरुलाई भोट दिने निर्णय लिने हो तर एकले अर्कालाई आरोपीत गर्ने, आफू पानी माथिको ओभानो बन्न खोज्ने प्रवृत्तिले गलत राजनीतिक सस्कारको विकास भइरहेको छ ।