Breaking

आगामी निर्वाचनमा राजावादी र गणतन्त्रवादीबीच प्रतिष्पर्धा हुने प्रचण्डको भनाइ


काठमाडौँ – सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तह निर्वाचनमा दुई गठबन्धनबिच प्रतिस्पर्धा हुने बताउनुभएको छ ।

आज नेकपा(माओवादी केन्द्र)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आसन्न स्थानीय तह निर्वाचनमा दुई गठबन्धनका बिचमा प्रतिस्पर्धा हुने बताउनुभएको हो ।

उहाँले एउटा गठबन्धन राजावादीहरुसँग सम्बन्धित गठबन्धन र अर्को गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्नेहरुका बिचमा गठबन्धन हुने बताउनुभएको हो ।

भरतपुर महानगरपालिका आफूहरुलाई नै चाहिन्छ भनेर दाबी नगरेका बताउँदै प्रचण्डले ६ वटा महानगरपालिका मध्ये ३ वटा नेपाली कांग्रेसलाई र बाँकी अन्यलाई बाड्नेगरी छलफल भइरहेको बताउनुभयो ।