Breaking

स्थानीय चुनावका लागि ४६ जिल्लाको मतपत्र छपाई सकियो


काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि ४६ जिल्लाको मतपत्र छपाई सकिएको जानकारी दिएको छ ।

सोमबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाई गरिसकिएको जानकारी दिनुभयो ।

१ करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा हालसम्ममा सो परिणाममा मतपत्र छपाई सकिएको पनि प्रवक्ता पौडेलले बताउनु भयो ।

त्यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साईनबोर्ड, लेटर प्याड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत् पठाउन पनि पत्राचार गरेको छ ।