Breaking

गठबन्धनबाट चुनाव सार्ने षडयन्त्र भइरहेको ओलीको दाबी


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।

आज सोलुखुम्बुमा भएको पार्टी प्रवेश कार्यक्रममा ओलीले ५ दलीय गठबन्धनबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको र आफू त्यसैतर्फ लागिरहेको बताउनुभयो ।

एमालेसँग डराएर सत्तागठबन्धन चुनावबाट भाग्न खोजेको आरोप लगाउँदै उहाँले सबै दलसँग एमाले एक्लै भिड्न तयार रहेकोसमेत बताउनुभयो ।

देशभर एमाले प्रवेश गर्नेहरुको माहोल चलेकोले आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट संसारको कुनैपनि शक्तिले रोक्न नसक्ने ओलीको जिकिर थियो ।