विदेश

श्रीलंकामा नयाँ मन्त्रिमण्डल विस्तार


काठमाडौँ – श्रीलंकाका राष्ट्रपति गोटाभाया राजपाक्षेले नयाँ मन्त्रीमण्डल विस्तार गर्नुभएको छ ।

नयाँ मन्त्रीमण्डल १७ सदस्यीय रहेको छ ।

विपक्षी पार्टीका नेताहरूले नयाँ सरकार गठनको विरोध गर्दै अनुभव नभएकाहरूलाई सरकारमा सामेल गराएको आरोप लगाएको छ ।

सरकारविरोधी प्रदर्शनका कारण अप्रिलको पहिलो हप्तामा मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका थिए ।

राष्ट्रपति राजपाक्षेले सरकार गठनका लागि विपक्षी पार्टीसँग सहयोग मागेका थिए । यद्यपि विपक्षी पार्टीका असहयोगका कारण सरकार गठन हुन सकेको थिएन ।

विदेशी मुद्रा सञ्चितीको कमीका कारण श्रीलंकामा विद्युत् कटौती भएको छ भने अत्यावश्यकीय वस्तुको अभावले संकट चुलिँदै गएको छ ।

जसका कारण सर्वसाधारणले राष्ट्रपतिको लगातार राजीनामा मागिरहेका छन् ।