Breaking

बालुवाटारमा सत्ता गठबन्धनको बैठक पुनः सुरु


काठमाडौँ –सत्ता गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरी सहभागी छन् ।

बैठकमा माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने गरी सहमति जुटाउने प्रयास हुनेछ । बाँकी बसेका तीन महानगर भने कांग्रेस आफैले राख्ने सहमति जुट्ने सम्भावना रहेको छ ।

यसअघि आज बिहान बसेको बैठकमा दलहरुले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ आफ्नै दावी पेश गरेका थिए । महानगर र उपमहानगरमा दलहरुले आ आफ्नै दावी नछोडेपछि ३ घण्टा बसेको बैठक विना निष्कर्ष सकिएको थियो ।