Breaking

स्थानीय तहको निर्वाचन नसर्ने प्रचण्डको भनाइ, आजै बेलुकासम्म गठबन्धनमा सिट बाँटफाड हुने


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन नसर्ने स्पष्ट पार्नु भएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागि परेको आशंका गरिरहेको बेला अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन भित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको प्रष्टयाउनु भएको हो ।

सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उहाँले सत्तारुढ गठबन्धन दलहरुबीच महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँडको विषयमा आज बेलुकासम्म सहमति जुटने दावी समेत गर्नु भयो ।

अहिले आफू गठबन्धन दलहरुबीचको छलफलबाटै आएको र बेलुकासम्म सहमति जुटने उहाँले बताउनु भयो ।

प्रचण्डले पार्टीले भरतपुर महानगर नभई हुन्न नभनेको, तर छ महानगरमध्ये माओवादीले कम्तिमा एक महानगर पाउनुपर्ने दाबी उहाँले गर्नुभयो ।