Breaking

सिट बाँटफाँडमा सहमति जुटाउन गठबन्धन असफल, साँझ बस्ने बैठकले महानगर र उपमहानगरको भागवण्डा मिलाउने


काठमाडौँ – आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका लगायत विभिन्न पालिकाहरुमा बाँटफाँड गर्न बसेको सत्तारुढ गठबन्धनको बैठकमा आज पनि सहमति जुट्न सकेको छैन ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरुमा गठबन्धनका दलहरुका बिचमा भागबन्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठकमा सहमति नजुट पछि साँझ पुन बस्नेगरी स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी नेकपा(माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु देव गुरुङ र वर्षमान पुनको सहभागिता रहेको थियो ।

जनता समाजवादी पार्टीबाट अध्यक्षद्धय डा. बाबुराम भट्टराई् र उपेन्द्र यादव, नेकप ा(एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपाललगायतको उपस्थिति रहेको थियो ।