Breaking

देशैभरका साथीहरू तालमेलको पक्षमा हुनुहुन्न: थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कार्यकर्ताहरू चुनावी तालमेलको पक्षमा नदेखिएको बताएका छन् । पछिल्लो समय करिब ५० जिल्लाका पार्टी नेतारकार्यकर्तासँग कुराकानी हुँदा तालमेलको पक्षमा नदेखिएको उनले बताए । काठमाडौं क्षेत्र नम्बर ४ मा आज आयोजित पार्टी कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीको तल्लो तह र माथिल्लो तहबीच चुनावी तालमेलबारे कुरा नमिलेको बताए । पछिल्लो समय ५० जिल्लाका साथीहरूसँग सम्पर्कमा थिएँ ।

देशैभरका साथीहरू चुनावी तालमेलको पक्षमा हुनुहुन्न,’ उनले भने, ‘कांग्रेसलाई भोट दिने मतदाता पनि तालमेलका पक्षमा देखिएका छैनन् । तर चुनावी तालमेलबारे सत्तागठबन्धनमा गहन छलफल भइरहेको उनले बताए । महानगर र उपमहानगर भागबन्डाबारे आज पनि बालुवाटारमा छलफल छ । मतदाताको मनोविज्ञान एक्लै लड्ने बरू जितिएन भने हारौंला भन्ने छ,’ थापाले भने, ‘निर्वाचन अघि नै तालमेल गर्ने कुरा स्वभाविक होइन । चुनावपछि सरकार बनाउन संख्या पुगेन भने तालमेल स्वभाविक हुने हो ।