राजनीति

नेकपा एमालेका केन्द्रीय सदस्य ढुंगेलमाथि आक्रमण


काठमाडौँ — नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आक्रमण भएको छ । केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय निर्वाचनको टिकटको विषयमा भनाभन हुँदा उनलाई एकजना एमाले कार्यकर्ताले आक्रमण गरेकी हुन् ।

रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको टिकटको विषमा छलफलको क्रममा आफूमाथि हातपात भएको ढुंगेलले बताए । नेकपा एमाले केन्द्रीय सम्पर्क समिति सदस्य लक्ष्मी न्यौपानेले उनलाई हातपात गरेकी हुन् । खाँडादेवी गाउँपालिका घर भएकी न्यौपानेले आक्रमण गरेपछि रोक्न खोज्दा ढुंगेल पत्नी सरिता दाहाल घाइते भएकी छिन् ।