देश

गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन: कांग्रेस महामन्त्री थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहका कार्यकर्ताहरुले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको बेला गठबन्धन गर्नुपर्छ भनेर माथिबाट निर्णय लाद्न नहुने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा थापाले सो कुरा बताएका हुन् । उनले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम हुने बताए । आफूले सुरुदेखि नै नेतृत्व तहमा यही कुरा राखिरहेको उनले जानकारी दिए ।

उनले कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेर जितेका जनप्रतिनिधिहरुले स्थानीय तहमा एक रुपैयाँ पनि अपचलन गर्दैनौं भनेर प्रतिबद्धता जनाउनुपर्ने उनले बताए । ‘म जितेर आएँ, जे पनि गर्छु भनेर हुँदैन । म एक्लै हुँ भनेर भन्न पाइँदैन,’ थापाको भनाई छ ।