देश

एकीकृत समाजवादीले पोखरा २७ मा उम्मेदवारहरुको टुंगो लगायो


काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ले पोखरा २७ मा स्थानिय निर्वाचनको लागि पांचै जना उम्मेदवारहरुको टुंगो लगाएको छ । वडा अध्यक्षमा युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीका सचिव एवं कास्की जिल्ला कमिटीका सदस्य सन्तोष अधिकारी, महिला सदस्यमा पोखरा २७ कमिटीकि उप-सचिव मिना रानाभाट, दलित महिला सदस्यमा वडा कमिटीकी सचिबालय सदस्य संगिता विश्वकर्मा र खुल्ला सदस्यहरुमा वडा कमिटीका अध्यक्ष सुधिरमणी लामिछाने र उपाध्यक्ष अम्बिका प्रसाद सुबेदी रहेका छन ।

उक्त नामहरु पार्टीका उपल्ला कमिटीहरुमा सिफारिस गरिएको वडा कमिटी अध्यक्ष सुधिरमणी लामिछानेले जानकारी दिए । नामहरुको टुंगो लगाएर पोखरा महानगर कमिटी र कास्की जिल्ला कमिटीमा सिफारिस गरेका छौं।अध्यक्षको हकमा जिल्ला कमिटी र वडा सदस्यको हकमा महानगर कमिटीले निर्णय लिन्छ । उपल्ला कमिटीहरुले सुझ्बुझ पुर्ण ढंगबाट निर्णय लिनेमा हामी बिश्वस्त छौं, लामिछानेको भनाइ थियो । वडा अध्यक्षका उम्मेदवार सन्तोष अधिकारी बिगत १२ वर्ष देखि कम्युनिष्ट आन्दोलनमा होमिएका युवा हुन् । तत्कालिन नेकपा एमालेमा लामो समय काम गरेका अधिकारी एमाले बिभाजित भएपछि पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादीमा अवद्ध भएका हुन ।