काठमार्डाँ — मार्सेल्लीमाथि रोमाञ्चक जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । आइतबार राति दोस्रो स्थानको मार्सेलीलाई २–१ गोल अन्तरले हराएसँगै पीएसजीलाई अब एक खेलमा जित आवश्यक छ । जितसँगै पीएसजीले लिगमा १५ अंकको अग्रता बनाएको छ । पीएसजीले ३२ खेलमा ७४ अंक जोडेको छ । दोस्रो स्थानको मार्सेलीले ५९ अंक जोडेको छ । अब एक खेल जितेमा पीएसजीले उपाधि जित्नेछ ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले एक–एक गोल गरे । खेलको १२ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । मार्सेलीका लागि खेलको ३१ औं मिनेटमा डुजे कालेटा कारले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए ।
प्रतिक्रिया