देश

वडा सदस्य निरजराज सत्यालको निधन


काठमाडौँ — काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । वडा सदस्य सत्यालको आइतबार बेलुकी ९ बजे निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

नेविसंघबाट राजनीति थालेका सत्याल त्रिचन्द्र क्याम्पसको स्ववियु पदाधिकारीसमेत भएका थिए । उनले काठमाडौँ क्षेत्र नम्बर ४ को क्षेत्रीय सदस्यसमेत रहेर काम गरेका थिए ।