काठमाडौँ — एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले स्पानियोललाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा १० खेलाडीमा सीमित एट्लेटिकोले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५२ औं मिनेटमा यानिकले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । एट्लेटिको खेलको ७१ औं मिनेटमा १० खेलाडीमा समेटियो । एट्लेटिकोका जिओफ्रीले रातो कार्ड खाएर मैदान बाहिरिए ।
स्पानियोलका लागि खेलका ७४ औं मिनेटमा राउल डी टोमसले गोल गर्दै स्पानियोललाई बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा यानिकले पेनाल्टीबाट गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए । जितसँगै एट्लेटिकोले ३२ खेलमा ६० अंक जोडेर तालिकाको चौथो स्थानमा छ । पराजित स्पानियोल ३९ अंक जोडेर १२ औं स्थानमा छ ।
प्रतिक्रिया