काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति पहाडी भूभागमा आंशिक बदली रहनेछ । मंगलबार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया