विदेश

हतियार बुझाएर ज्यान जोगाउन युक्रेनी सैनिकलाई रुसको सुझाव


काठमाडौँ – रुसले प्रमुख बन्दरगाह मारिउपोलमा रहेका युक्रेनी सैनिकको ज्यान जोगाउन प्रस्ताव गरेको छ । युक्रेनी सैनिकहरुले आज हतियार दिए मात्रै उनीहरुको ज्यान जोगाउने रुसले बताएको छ ।

मारिउपोल सहरलाई रुसले लगभग आफ्नो नियन्त्रणमा लिइसकेको बिबीसीले जनाएको छ । शहरमा बाँकी रहेका युक्रेनी सेनाहरू एजोभस्टल स्टिलवर्क क्षेत्र वरपरको सानो क्षेत्रमा रहेको रुसीले दाबी गरेको छ ।

रुसले मारिउपोलमा प्रतिबन्धलगाउने योजना बनाएको युक्रेनी अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यसैबीच, रुसले युक्रेनलाई हतियार नदिन पश्चिमा देशहरुलाई चेतावनी दिएको छ। कूटनीतिक नोटको माध्यमबाट रुसले चेतावनी दिएको अमेरिकी सञ्चारमाध्यमहरूले बताएका छन् ।