Breaking

गठबन्धनको बैठकमा आज पनि जुटेन सहमति


काठमाडौँ – सत्तारूढ पाँचदलीय गठबन्धनको आजको बैठकमा पनि सिट वाँडफाँटलाई लिएर सहमति जुट्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन कार्यदलको बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे भोलिसम्म टुङ्गो लगाउने सहमति भएकोे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूबीच आज बिहान पनि छलफल भएको थियो । पहिले कुन पार्टीले कहाँ उम्मेदवारी दिने भन्ने तय गरिने र त्यसपछि सम्बन्धित पार्टीबाट उम्मेदवारको टुङ्गो लगाउने तयारी छ । तर पार्टी– पार्टीवीच नै भागवण्डामा सहमति नजुट्दा सत्ता गठबन्धनको भविष्य नै संकटमा परेको छ ।