राजनीति

बिहान ८ बजे बस्ने भनिएको गठबन्धनको बैठक साँझ ५ बजेदेखि सुरु


काठमाडौँ – चुनावी तालमेलबारे छलफल र आवश्यक निर्णय लिन मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । आज बिहान ८ बजे जनकपुरमा बैठक डाकिएको बैठक ढिलागरी साँझ ५ बजेदेखि सुरु भएको छ ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले तयारी नपुगेको भनेकाले बैठक ढिलागरी सुरु भएको हो ।

पछिल्लोपटक बसेको सत्ता गठबन्धनको बैठकले वैशाख ४ गतेसम्म प्रतिवेदन पेश गर्न प्रदेशलाई निर्देशन दिएको थियो । केन्द्रको त्यही निर्देशनअनुसार आइतबार फेरि प्रदेश अध्यक्षहरूको बैठक समेत बस्दैछ ।