समाचार

वर्षको पहिलो कारोबार दिन नै नेप्सेमा गिरावट


काठमाडौँ – वर्षको पहिलो सेयर बजार नेप्से २९ दशमलव ६० अंकले ओरालो लागेको छ । बजार खुलेको पहिलो दिन आज सेयर परिसूचक १ दशमलव २३ प्रतिशतले घटेर बजार २३ सय ८५ दशमलव ६५ अंकमा पुगेर बन्द भएको हो ।

नेप्सेमा आज ३४ लाख सात हजार २७२ कित्ता शेयर कारोबार हुँदा एक अर्ब ४४ करोड सात लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । केही दिनदेखि नेप्सेमा सेयर कारोबार रकममा निरन्तर ओरालो लाग्दै आएको छ ।