राजनीति

निलम्बन खारेजीको माग गर्दै गभर्नर सर्वोच्चमा


काठमाडौँ – निलम्बनमा पर्नुभएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको छ ।

सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै अधिकारीले सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट दिनुभएको हो । मन्त्रिपरिषद्को चैत २४ गतेको बैठकले अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा न्यायिक समिति बनाउने निर्णय गरेसँगै अधिकारी निलम्बनमा पर्नुभएको थियो ।