Breaking

त्रिचन्द्र कलेजको विजोग, कहिले होला पुनर्निर्माण ? कहिलेसम्म जोखिम मोल्ने विद्यार्थीले ?


त्रिचन्द्र कलेजको भवन राणा कालमा नै निर्माण भएको हो । जहाँ तत्कालिन राजा महेन्द्रले पनि अध्ययन गरेका थिए । जसले राजा महाराजा जन्मायो, यो देश हाक्ने धेरैलाई दीक्षित गरायो । कलेजले हजारौ विद्यार्थी भविष्य फेर्न सफल भयो, तर आफू अझै फेरिएन सकेन ।

त्रिचन्द्र कलेज, त्यही अध्ययन गरेका बहालवाला प्रधानमन्त्री शेरवहादुर देउवाले अहिले मुलुक हाकि रहेका छन् । गठवन्धन मिलाउदै फुर्सद नभएका देउवालाई त्रिचन्द्र पट्टी फर्केर हेर्ने समय भने के हुन्थ्यो ? देउवा जस्ता अरु पनि थुप्रै प्रधानमन्त्री जन्मायो त्रिचन्द्रले ।

त्रिचन्द्र पढेका कति इन्जिनियर भए, कति डाक्टर भए, निजामती सेवातर्फ कतिजना उच्च ओहोदामा पुगे तर आफ्नो धरातललाई कसैले सम्झिएनन् । त्रिचन्द्रले नेता मात्र जन्माएन इतिहाससँग जोडिएका मुलकका धरोहरहरु बालकृष्ण सम, सुवर्ण शमशेर, लक्ष्मीप्रसाद देवकोटा लगायतलाई दीक्षित गरायो । तर अहिले कलेजको हविगत हेर्दा आफ्नै इतिहासलाई गिज्याइरहेको भान हुन्छ ।

२५ विभाग रहेको त्रिचन्द्रमा अहिले पनि मास्टर डिग्रीको मात्र ९ वटा विषयमा पढाई हुन्छ । विद्यार्थीको चाप रहेको कलेजमा भौतिक संरचनाको अभाव हुँदा भत्किएकै संरचाना भित्र बसेर पढ्ने पढाउने काम जारी छ । तर मन खुल्ला पारेर पढाउन सक्ने अवस्था भने छैन् ।

राजधानीको केन्द्र विन्दुमा रहेको जेठो कलेजले दुरदरराजमा रहेका आर्थिक विपन्न, द्वन्द्व पीडित अपांगता भएकाहरुलाई निशुल्क पढ्न पाउने व्यवस्था मिलाएको छ, तर आफै टेकोको साहारा अडिएको त्रिचन्द्रले कतिन्जेल थाम्ला त्यसको भने टुङगो छैन् । विगतमा त्रिचन्द्र पढेर आफ्नो राजनीति पृष्ठभुमी बनाएका नेताहरुलाई अहिले कत्ति पनि यो कलेजको याद नआउने किन होला ?

अहिलेका युवाहरु राजनीतिमा उदाउँदै गरेकाहरुले आफैँले कुनै निर्णय गर्न नसकेपनि तीनका ठूला नेताहरु अहिले देशको तालाचावी हातमा लिएर बसेका छन् । कोही शिक्षा मन्त्री छन्, कोही भौतिक मन्त्री छन् । देउवा त प्रधानमन्त्री नै छन् । तर यी ठूला नेताका ठूला कार्यकर्ताहरुले त्रिचन्द्रको बास्तविक रुप नसम्झाइदिँदा विचरा यो कलेज इतिहासको पानामा सीमित हुने र भग्नावश्ेष मात्रै रहने स्थिति पैदा भएको छ ।

यो कलेज स्थापना भएको एक सय ३ वर्ष हुँदा भौतिक संरचनाहरु रंगरोगन बाहेक केही गरिएन । धन्न उ बेला राणाहरुले बलियो संरचना बनाएका थिए र अहिले सम्म जिर्ण भए पनि संरचना देखिन पाएको छ । उ बेला यस कलेजमा पढेका शासकका छोरा छोरीहरु अहिले महंगा महंगा नीजि कलेजहरुमा अध्ययन गरिरहेका छन् । पढ्नकै लागि सके विदेश पठाइरहेका छन् । अनि न छोरो छोरी पढाउनु पर्ने न नातानातीनि ? अनि गरिब जनताका छोरा छोरी त यस्तै भग्नावशेषमा पढे भइहाल्यो नी भन्ने मनोविज्ञानले सायद शासकहरुलाई लपेटेको हुन सक्छ ।

अहिले यस कलेजमा पढ्न जाने विद्यार्थी भनेको दुरदराजका आम्दानी श्रोत कम भएका, विपन्न परिवारका विद्यार्थीहरु हुन् । थाहा छैन, २०७२ सालको जस्तै महाविपत्ति आइलागे यहाँ पढ्दा पढ्दै कति जना को ज्यान जाने हो । नभोगी नचेत्ने नेपालीको मानसिकता परिवर्तन हुन जरुरी छ ।